
अन्तत: न्युजिल्याण्डको बोडर पूर्ण रुपमा खुल्ने भएको छ। आज मध्यरात बाट न्युजिल्याण्डको बोडर विद्यार्थी र पर्यटकका लागि पूर्ण रुपमा खुल्न लागेको हो । सन् २०२० मा न्युजिल्याण्डमा कोरोनाको संक्रमण बढेपछि न्युजिल्याण्ड सरकारले मार्च २५ बाट अन्तराष्ट्रिय सिमा बन्द गरेको थियो । त्यसयता न्युजिल्याण्डको बोडर गत फेब्रुअरीबाट आंशिक रुपमा खुल्दै आएको थियो । आज मध्य रात बाट भने न्युजिल्याण्ड प्रवेश गर्न लगाईएको सबै प्रतिबन्ध फुकुवा भएको छ । यो सँगै विश्वका सबै ठाउँबाट अब न्युजिल्याण्ड प्रवेश गर्न पाईने छ ।


