
सखुवा–प्रसौनी गाउँपालिकामा नयाँ नेतृत्वको घोषणा
सखुवा–प्रसौनी गाउँपालिकामा स्थानीय निर्वाचन चहलपहल बढ्न थालेको छ। हाल अस्ट्रेलियामा फार्मासिस्टको रूपमा कार्यरत प्रदिप साहले आगामी स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। विदेशमा रहेर पनि गाउँको विकासमा योगदान पुर्याउने अभिलाषा राख्दै उनले व्यापक प्रतिज्ञासहित आफ्नो योजना सार्वजनिक गरेका हुन्।
प्रदिप साहका अनुसार, गाउँपालिका भित्रको स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी र सुशासन सुधार नै आफ्नो मुख्य एजेन्डा रहनेछ। उनले प्रस्तुत गरेका १२ बुँदे घोषणा पत्र यसप्रकार छन्—
प्रदिप साहको १२ बुँदे घोषणापत्र
- दुईवटा अस्पताल निर्माण
- बलुवा गाउँ (वडा–५) र वडा–३ मा आधुनिक अस्पताल निर्माण
- लखनपुर गाउँमा भैसी तथा पशु उपचारका लागि वेटेरिनरी अस्पताल स्थापना
- सिचाइँ सुचारुकरण
- सबै सार्वजनिक सरकारी बाँधहरूको पुनः सञ्चालन
- १ धुरको खेतमा समेत वर्षभरि २४/७ सिंचाइँको पानी उपलब्ध गराउने व्यवस्था
- विपन्न परिवारलाई आवास
- असहाय तथा आर्थिक रूपमा कमजोर परिवारका लागि दुई कोठे पक्की घर पालिकाले निर्माण गरिदिने
- शिक्षामा पूर्ण निःशुल्कता
- विद्यालय पुस्तक, कापी तथा शुल्क पूर्ण रूपमा निःशुल्क बनाइने
- सिफारिस र कर शुल्क मुक्त
- सबै प्रकारका सिफारिस शुल्क तथा जग्गा–मालपोत कर पालिकाले निःशुल्क गराउने
- रोजगारमा भेदभाव समाप्त
- कुनै पनि प्रकारको पक्षपात नगरिकन रोजगारीका अवसर केवल पालिकाका नागरिकलाई प्राथमिकता
- पालिका/वडा परिषद खुला मैदानमा लाइभ
- सबै बैठक तथा निर्णय प्रक्रिया खुला चौतारीमा लाइभ प्रसारण मार्फत जनतामै पारदर्शी बनाइने
- क्वार्टर भाडा भ्रष्टाचार अन्त्य
- कर्मचारी आवास (क्वार्टर) नाममा लाखौँ रुपैयाँ भाडा खर्च गर्ने चलन पूर्ण रूपमा रोक्ने
- किसानका लागि कृषि बजार
- हुलाकी/जनता सडकमा आधुनिक कृषि बजार स्थापना, उत्पादनको उचित मूल्य सुनिश्चित
- ठेक्का–पट्टामा कमीशन भ्रष्टाचार अन्त्य
- कमीशनको भरमा हुने ठेक्का प्रणाली पूर्ण रूपमा बन्द गर्दै पारदर्शी व्यवस्थापन
- बेरोजगार युवालाई भत्ता
- पालिकाभित्रका बेरोजगार युवालाई विशेष आर्थिक भत्ता प्रदान
- सार्वजनिक सम्पत्ति संरक्षण
- सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा–जमिनको संरक्षण र व्यवस्थापन पालिकाले कडाइका साथ गर्ने
साहले जनताको विश्वास, पारदर्शिता र विकासमुखी नेतृत्वमार्फत गाउँको रूपान्तरण गर्ने लक्ष्य राखेको बताएका छन्। आगामी चुनावमा उनको प्रवेशले सखुवा–प्रसौनी गाउँपालिकामा राजनीतिक प्रतिस्पर्धा अझ रोचक बन्ने संकेत गरेको स्थानीय विश्लेषकहरूको भनाइ छ।
#सखुवा_प्रसौनी #स्थानीय_निर्वाचन #प्रदिप_साह #गाउँपालिका_अध्यक्ष #स्थानीय_विकास


