अस्ट्रेलियाली प्रधानमन्त्री एन्टोनी अल्बानीज पुनः निर्वाचित, विपक्षी नेता पिटर डटनले हार स्वीकारे

अन्तर्राष्ट्रिय

क्यानबेरा – अस्ट्रेलियाली प्रधानमन्त्री एन्टोनी अल्बानीजले दोश्रो कार्यकालका लागि पुनः निर्वाचन जितेका छन्। शनिबार सम्पन्न संघीय निर्वाचनको मत परिणाम अनुसार अल्बानीज नेतृत्वको लेबर पार्टीले बहुमत हासिल गर्दै सरकार पुनः बनाउने सुनिश्चित भएको छ।

विपक्षी नेतासमेत रहेका लिबरल पार्टीका पिटर डटनले निर्वाचनमा पराजय स्वीकार गरेका छन्। डटनले प्रेस सम्मेलनमार्फत जनताको निर्णयलाई सम्मान गर्ने बताएका छन् र प्रधानमन्त्री अल्बानीजलाई बधाई दिएका छन्।

अल्बानीजले आफ्नो विजयपछि सम्बोधन गर्दै जनताको भरोसाका लागि धन्यवाद दिएका छन् र आगामी कार्यकालमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिवद्धता जनाएका छन्।

यो विजयसँगै अस्ट्रेलियामा लेबर पार्टीको नेतृत्व अझ सुदृढ हुने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *