एनआरएनए न्यूजील्यान्डको नयाँ कार्यसमिति २०२५/२७ को लागि प्रस्तावित टिम सार्वजनिक, निर्वाचन बिना नै निर्विरोध डा. अच्युत अर्याल को टिम चयन हुने सम्भावना

घटना अन्तर्राष्ट्रिय

अकल्याण्ड, ११ जून २०२५ — एनआरएनए न्यूजील्यान्डको आगामी कार्यकाल (२०२५–२०२७) का लागि डा. अच्युत अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति टिमको प्रस्ताव सार्वजनिक गरिएको छ। हालसम्म विपक्षी समूहको औपचारिक घोषणा नभएको कारणले गर्दा यो टिम निर्विरोध निर्वाचित हुने लगभग निश्चित जस्तै देखिएको छ।

निर्वाचन मिति साउन ३ गते (१९ जुलाई २०२५) तोकिएको भए पनि, हालसम्म कुनै प्रतिस्पर्धी उम्मेदवारी नआएकोले औपचारिक निर्वाचन प्रक्रिया नगरी नै नयाँ नेतृत्व चयन हुने सम्भावना प्रवल देखिएको छ।

डा. अच्युत अर्याल अकल्याण्डबाट अध्यक्ष पदको उम्मेदवार रहेका छन् भने टक बी गुरुङ (टौरंगा) र कृष्ण भण्डारी (क्राइस्टचर्च) उपाध्यक्ष पदमा छन्। कमल बसेल (नरहरी) महासचिव र डा. सुलभ पौडेल कोषाध्यक्षको जिम्मेवारीमा प्रस्तावित छन्। सदस्यमा रामचन्द्र अर्याल (रेमन) लगायत प्रस्तावित छन्।

टिममा विभिन्न क्षेत्रका प्रतिनिधिहरू समेटिएका छन्, जसले समावेशी नेतृत्व सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।

एनआरएनए न्यूजील्यान्डको इतिहासमा सम्भवतः यो पहिलो पटक हो, जहाँ कुनै प्रतिस्पर्धा बिना नै पूर्ण टिम निर्विरोध चयन हुने चरणमा पुगेको हो।

टिमले नारा प्रस्तुत गरेको छ: “परिपक्व सोच, युवा नेतृत्व” — जुनले भविष्यको एनआरएनएलाई अनुभव र नवप्रवर्तनको समन्वयमा अगाडि बढाउने लक्ष्य देखाएको छ।

जनसमर्थन र सहकार्यको लागि टिमले सम्पूर्ण नेपाली समुदायप्रति आभार व्यक्त गर्दै, विश्वास, समर्पण र सेवा भावका साथ अघि बढ्ने वाचा गरेको छ।

पूरा टिमको नामावली फोटोमा समावेश गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *