एसिसी यू-१९ प्रिमियर कपमा नेपालले बहराइनलाई ७ विकेटले हराएको छ।
आइतबार मलेसियामा भएको खेलमा ३७.५ ओभरमा अलआउट भएको बहराइनले नेपाललाई ७८ रनको लक्ष्य दिएको थियो।
नेपालले उक्त लक्ष्य ३ विकेट गुमाएर ११.४ ओभरमा पूरा गर्यो।
नेपालका लागि कप्तान देव खनाल र अर्का ब्याट्सम्यान अर्जुन कुमालले समान ३२/३२ रन हाने भने दीपक बोहराले ४, दिपकप्रसाद डुम्रे १ रन हानेर आउट भए। उत्तम थापा मगर पहिलो बलमै आउट भए।
