राष्ट्रिय स्वतन्त्र पार्टी असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा बसेको पार्टी सचिवालयको बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको प्रवक्ता (कार्यवाहक) मनिष झाले बताए । उनले राष्ट्रिय भेलाभन्दा अगाडि सातै प्रदेशमा भेला गर्ने, राष्ट्रिय भेलामा सभापतिको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र ‘क्लोज क्याम्प दौरान छलफल भएका ६ वटा विषयमा (विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता र उम्मेदवार क्लवरलिडरसिप एकेडेमी) मा छलफल गर्ने निष्कर्ष निकालेको बताए
