काठमाण्डु मा कहाली लाग्दो एक ब्यक्ती : नकावधारी 

घटना

काठमाण्डु कहालीलाग्दो एक ब्याक्ति : यी नकावधारी काठमाडौँको बुढानिलकण्ठका ३३ वर्षका आशिष देउला हुन् । यो नकावभित्र लुकेका देउला  यति क्रुर र नि’र्दयी छन् की जो कोहीलाई त्र’सित बनाउँछ । देउलाले आफुलाई सुगर ड्याडी भन्दै यसरि डरलाग्दो नकाप लगाएर रात्री क्लब छिर्छ ।

कलिला युवाहरुलाई अ’पह’रण गर्छ । त्यसपछि उनीहरुलाई ना’ङ्गो शरीरमा तातो आइरनले डा’मीदिन्छ। ति युवाहरुको शरीरमा ढलानमा ड्रिल गर्ने मेसिन चलाउंछ । हात Blender मा राखेर पेल्दिन्छ । सं’बेदनशी’ल अ’ङ्ग पिलासले च्या’पेर त’ड्पाएर आफु भने इन्ज्वाय गर्छ । देउलाले अरुलाई पाशविक पीडा दिएर त्यो मोमेन्टलाई इन्जोय गर्ने गरेको पीडित युवाहरुले बताएका छन् । एक पिडित युवा भन्छन्, । मेरो हातखुट्टा समातेर भुईँमा ल’डायो । त्यो समयमा उसले मलाई विकल्प पनि दिएको थियो । उसले ड्रि’ल मेसिन निकाल्यो, मेसिन चलायो । उसले ड्रि’ल मेसिन हानम कि आइरनले पो’लम् भनेर सोध्यो । मैले पोल्दा चाहीँ मरिन्न होला सोचर आइरन रोजेँ । मलाई उसले पटक पटक आइरनले ना’ङ्गो ढाडमा डाम्यो ।  मैले उसलाई नचिन्दा पनि चिनेकै जसरी बोल्न आउँथ्यो ।

साथीसँग पहिलेदेखि नै चिनजान रहेछ । मैले दाइ भनेर कुरा गर्थेँ । उसको नियत के हो मलाई थाहा थिएन । तर रुममा लिएर जाने, टर्चर दिने, आइरनले पोल्ने, ड्रिल मेसिन हान्दिने, सियो हातमा छिराईदिने । जे होस् धेरै जनालाई त्यस्तो गरेको रैछ मलाई मात्र होइन । के कारणले मलाई थाहा छैन । मलाई चाहीँ आइरनले पोल्ने, सियो औँलामा छेड्ने गर्यो । मैले ४/५ जनालाई त्यस्तो गरेको थाहा पाएको छु । मलाई भन्दा बेसी टर्चर देको भाईहरु पनि छ । ड्रिल मेसिन नै हान्देको छ । नछलेको भए त छिर्ने नै । उनीहरुले पनि भनेको थियो मलाई । स्नुकरको लौरो पछाडिबाट छिराईदिने अनी त्यसपछि सन्चो हाल्दिने । केटाहरुको सं’वेदनशि’ल भागमा पेन्चिसले च्या’प्दिने । आँखामा सन्चो दल्दिने । त्यस्तो त्यस्तो गरेको छ । यो घटनाबारे मैले कसैलाई भन्न सकिन ।

मलाई धम्की दिएको थियो । तेरो परिवारलाई मा’रिदि’न्छु भनेर धम्की दिएको थियो । त्यसैले कसैलाई भन्न सकिन । उसले मलाई पोलिदिएपछि करिब डेढ हप्ता घरमै बसिन । दिउँसो घर पुग्थेँ । अमालाई भेट्थे । खाना खान्थे अनि निस्कन्थेँ । ज्याकेट लगाएर घाउ छोपेर घर जान्थेँ । धेरै बेर नबसी काम छ भनेर निस्कन्थेँ । अहिले चाहीँ मैले सबैलाई भनेको छु । दाइहरुको साथ पाएपछि हिम्मत आएको छ । अनी प्रहरीको मा जाने हिम्मत आयो । 

Source :Sidhakura

Leave a Reply

Your email address will not be published. Required fields are marked *