केराबारीमा पहिरो जाँदा नारायणगढ–मुग्लिङ सडकखण्ड दुईतर्फी अवरुद्ध

घटना

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ ।आइतबार राति ९ बजेतिर चितवनको भरतपुर महानगरपालिका २९ केराबारीस्थित वर्षातको कारण माथिबाट लेदोसहितको पहिरोले सडक अवरुद्ध बनेको चितवन ट्राफिक प्रहरीले जनाएको छ ।

सडक दुवैतर्फ अवरोध भएको छ ।अहिले सडक खुलाउन कार्य भइरहेको छ । तर, पूर्ण रूपमा सञ्चालनमा आउन ५ देखि ६ घण्टा लाग्ने ट्राफिक प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *