चितवन मा सडक दुर्घटना बाट एक युवकको मृत्यु

घटना

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–३, पुल चोकस्थित ढाटमा मंगलबार बिहान १२ः ५० बजे मोटरसाइकल ट्रकको पछाडि ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

धादिङबाट आएको मधेश प्रदेश ०३००१ ख ९४७३ नम्बरको ट्रक महानगरको डाटअगाडि कवाडी कर काट्न रोकेको अवस्थामा गैँडाकोटतर्फ जाँदै गरेको ना ५८ प ८५९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक रत्ननगर नगरपालिका वडा नं–६ बस्ने २८ वर्षीय सरोज कार्की गम्भीर घाइते भई उपचारका लागि भरतपुर अस्पताल पठाइएकोमा मंगलबार बिहान १ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट दुवै सवारीसाधन तथा ट्रक चालक धादिङको धुनिबेँसी नगरपालिका वडा नं–९ नौबिसे बस्ने ३१ वर्षीय सुदीप रानालाई नियन्त्रणमा लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *