जगरनाथपुर २ मा निशुल्क ऑखा शिविर सम्पन्न

नेपाल घटना

माघ २८ बिरगंज । दाइजो एवम समाजिक कुरिति विरुद्ध जागरण मंच एवं देवी माइ पूजा समितिको संयुक्त आयोजना तथा दृष्टि ऑखा अस्पताल एण्ड रेटिना सेन्टर को प्रविघिक सहयोग मा आज शनिवार  जगरनाथपुर गाउपालिका वडा २ जानकीटोल को श्री ने प्रा विघालय को प्रांगण मा समाजसेवी कृष्णमोहन यादवको अघ्यक्षतया एवं वडाअध्यक्ष नेपाली प्रसाद कुशवाहा को प्रमुख आतिथ्यमा निशुल्क ऑखा शिविर सम्पन्न भएको छ । सो शिविरमा विशिष्ट अतिथि मा मनोज महतो केवट,समसूलहक मियॉ,कोडनेटर संजय चौघरी,डा.अर्चना केशरी,डा.शनी केशरी,सदस्य शिवशंकर यादव,सुभाष यादव,सारदा देवी,शिव जि साह लगायत स्थानिय अग्रज,महिला,युवाहरुको सहभागिता रहेको शिविरमा २१५ जना बिरामीको चेकजॉच गरिएको थियो जसमा ५७ जना मोतियाबिंद का बिरामी पहिचान गरिएको थियो भने २७ जना बिरामिलाइ निशुल्क औषधि ड्रप पनि दिइएको थियो । यी मोतियॉविन्द का बिरामीहरु लाइ यसै हप्ता ३ गते बुघवार का दिन आफ्नै सवारी साधन मा वीरगंज मा लगी भारी छुट साथ शल्यक्रिया सहित उपचार गरिने डा.अर्चना केशरी ले जानकारी दिनु भएको सो कार्यक्रममा स्वागत मन्तव्य जयप्रकाश महतोले गर्नु भएको थियो भने सहजीकरण बृजेश्वर प्रसाद चौधरिले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *