टी–२० विश्व कप छनोट : नेपालको पहिलो खेल सिङ्गापुरसँग

खेलकुद

काठमाण्डाै – टी–२० विश्व कप एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालको पहिलो खेल सिङ्गापुरसँग हुने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल भोलि सिङ्गापुरसँग हुने भएको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुर र  मूलपानी क्रिकेट मैदानमा हुने छनोट प्रतियोगिता भोलिदेखि आउँदो १९ गतेसम्म आयोजना हुँदैछ । नेपालले दोस्रो खेल कात्तिक १४ गते मङ्गलवार मलेसिया र तेस्रो खेल कात्तिक १६ गते ओमानसँग खेल्नेछ ।

नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् । यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्व कप खेल्न पाउने छन् ।

नेपालले छनोटका लागि रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *