
समानता अभियान नेपालको आयोजना र पर्सा युवा फाउंडेशन एवं पर्सागढ़ी युवा जागरण क्लबको सहकार्यमा मिति 2081/7/19 गतेको दिन “जन सेवा अभियान पर्सागढ़ी” को सेवा यात्रा पर्सागढ़ी 04 को बकनेर्वा गाऊ पुगेर डॉ चन्द्र भूषण सिंहको नेतृत्वमा निम्नलिखित समाज सेवा रूपी कार्यक्रमको आयोजना गरेको जानकारी आजको कार्यक्रम अध्यक्ष बालेश्वर चौधरी ज्यूले जानकारी गराउनु भयो।
तिन महीना अगाडि समुद्घाटन भई पर्सागढ़ीको हरेक गाऊटोल सम्म सेवा बिस्तार गर्ने उदेश्यले सुरु भएको कार्यक्रममा निशुल्क स्वास्थ्य शिविर लगाएत बिधार्थी हरुलाई प्राथमिक उपचार तालीम, WHO Hand washing technique, CPR technique, Mosquito nets distribution to control Dengue, बृद्धहरुको निशुल्क स्वास्थ्य बीमा कार्यक्रममा जोड़ने, अपंागहरुको खोजी एवं सामाजिक सुरक्षा कार्यक्रममा जोड़ने कार्यक्रम रहेको थियो।
आजको कार्यक्रममा डॉ चन्द्र भूषण सिंह लगाएत चिकित्सक मोहम्मद ओमर देवांन, नेत्र रोग चिकित्सक बिनय चौधरी ज्यूको सहभागिता रहेको थियो।
आजको कार्यक्रममा कुल सेवग्राही संख्या 110 रहयो जस्मा 40 नेत्र तथा दन्त रोग सम्बन्धी र 70 जना जनरल मेडिसिन सम्बन्धी रहेका थिए।
रोगको अवस्था एवं प्रकृति अनुसार थप जाँच एवं उपचारका लागी बागबानना हेल्थ पोस्ट प्रयोगशाला, मट्रीका ऑइ फाउंडेशन, नारायणी अस्पताल संग समन्वे गरी प्रेशन गरिएको जानकारी समानता अभियानका सदस्य सामाजिक अभियन्ता जोखू मियां अंसारी ज्यूले जानकारी गराउनु भयो।
पर्सागढ़ी युवा जागरण क्लबका अध्यक्ष सर्फूआलम ज्यू र सदस्य सुमंत शर्मा ज्यूको नेतृत्वमा कक्षा 8 देखि 12 सम्मका बालबालिका तथा बिधार्थीहरुलाई प्राथमिक उपचार सम्बन्धी तालीम लगाएत ,Human Vital सेंटर स्थापना र WHO technique of Hand washing बारे जानकारी एवं तालीम डॉ चन्द्र भूषण सिंहद्वारा प्रदान गरियो।
