नेप्से परिसूचक उकालो यात्रामा, तीन कम्पनीको शेयरमा सर्किट

विजनेस कला खेलकुद फोटो फिचर ब्लग मनोरञ्जन विज्ञान/प्रविधि सबै समाचार

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै २४ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८३ अङ्कले उकालो लागेर दुई हजार १११.९९ मा पुगेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.५३ अङ्कले उकालो लागेर ४०२.९२ अङ्कमा पुगेको छ । कूल २२७ कम्पनीको ७५ लाख आठ हजार १८८ कित्ता शेयर रु तीन अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ मूल्यमा खरिद बिक्री भए ।कारोबार भएका कूल १३ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट आयो । सो उपसमूहको शेयर मूल्य १२.०४ अङ्कले ओरालो लाग्यो । त्यस्तै, बैंकिङ ०.९२, होटल तथा पर्यटन २३.८७, विकास बैंक ५६, जलविद्युत् ७२.३५, वित्त ७५.७४, निर्जीवन बीमा ४३.८, उत्पादन १९.६६, अन्य ३८.९७, लघुवित्त १०७.७३, जीवन बीमा ३४.७९, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.६९ अङ्कले उकालो लागेका छन् ।बुधबारको कारोबारपछि बजार पुँजीकरण रु ३० खर्ब १५ अर्ब ७८ करोड ९० लाख १४ हजार ६४९ बराबर पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *