
यस बर्ष पर्साका विभिन्न पालिकामा अवैध गाँजा र अफिम खेती करिव ३ सयको क्षेत्रफलमा लगाएको छ ।
जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी लिएर आएका तत्कालीन एसपी रमेश बस्नेतको समयमा लगाइएको गाँजा र अफिम खेती अहिले प्रहरीले नष्ट गर्न थालेको हो । पर्सामा करिव ३ सय विघा जमिनमा गाँजा र अफिम खेती गरिएको अनुमान सुरक्षा निकायले नै गरेको छ ।
तत्कालीन प्रहरी प्रमुखको समयमा लगाइएको गाँजा र अफिम खेती पर्सामा नयाँ आएका प्रहरी उपरिक्षक कोमल शाहको निर्देशनमा नष्ट गर्न लागिएको प्रहरीले जनाएको छ । पर्सामा १४ बर्ष पछि गाँजा र अफिम ठूलो परिणाममा लगाइएको अनुमान गरिएको छ । तत्कालीन एसपी रमेश खरेलको समय देखि पर्सामा गाँजा र अफिम खेती नष्ट गरिएको थियो ।
पर्सामा प्रहरी प्रमुखको रुपमा रमेश बस्नेत आएपछि नै नाकाहरुबाट चोरी पैठारी र अवैध गाँजा खेती लगाइएको प्रहरी स्रोतले जनाएको छ


