पर्सा निर्वाचन क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्य पदका उमेदवार अंगद ठाकुर द्वारा दिपावली को शुभकामना

नेपाल घटना

वीरगंज, पर्सा, पर्सा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अंगद ठाकुर द्वारा समस्त हिन्दुहरु को महान चाड शुभ दिपावली को शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु हरु मा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। आज को यस शुखद घडी मा धन्यधान्य का देबी माता लक्ष्मी ले हामी नेपाली लाइ अन्नधन ले परिपूर्ण गरून। भगवान पशुपतिनाथ ले सबै को कल्याण गरून् भनी कामना सहित आउदो निर्वाचन मा बिगत का सम्पूर्ण राम्रा नराम्रा कुरा हरू को हिर्दयागमन गरी हाम्रो होइन राम्रो उमेदवार लाइ मतदान गरौ।

तपाईं को अमूल्य मत ले एउटा असल समाज देखी सबल राष्ट्र निर्माण को महान अभियान मा योगदान दिनु हो। मतदान खरीद बिक्री वितरण गर्ने चिज होइन। आजसम्म जे गरियो गरियो तर अबउप्रान्त बिगत झै हामी मत बेच बिखन दारू मासु मा प्रलोभित भइ पुनः बिगत झै गलत गरियो भने भोली नेपाल रहला कि नरहला ठूलो चिनता छ। तसर्थ मतदान कन्या दान भन्दा महत्वपूर्ण छ। हामी मतदान गर्दा आफ्नो नाती पोता को अनुहार हेरेर मात्र मतदान गरौ भनी पर्सा निर्वाचन क्षेत्र नं ३ को मतदाता लाइ अनुरोध गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *