भायानेटको नयाँ साखा  अब परवानीपुर र सिमरामा ! सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट र आईपीटीभी सेवा प्रदान गने उद्देश्य  

समाचार ब्लग

सिमरा, २३ साउन, २०७९

नेपालभरि नै व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवाका लागि परिचित भायानेट कम्युनिकेसन लि. ले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको परवानीपुर र सिमरामा नयाँ साखा विस्तार गरेको छ। आफ्नो ग्राहकहरूका लागि समय समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब परवानीपुर र सिमराका सर्व साधारण पनि लाभान्वित हुनेछन् ।

पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन् । यसै सन्दर्भमा परवानीपुर र सिमरामा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले ५० एम.बी.पि.एस को इन्टरनेटसँगै भायाटिभीको वार्षिक सब्सर्किब्सन गर्ने ग्राहकहरूलाई मात्र रु. ८०० प्रति महिनामा उपलब्ध गराउने भएको छ । साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट-अप बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् ।

यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएको छ । भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो।

तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइ. एस. ओ. ९००१:२०१५ प्रामाणिक कम्पनी हो।

भायनेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको छ । अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवासँगै गुणस्तरीय टेलीभिजन सेवा प्रदान गरिरहेको भायानेट पछिल्लो समय देशैभरी विस्तार गर्ने क्रममा रहेको छ । आजको विश्व इन्टरनेटमा निर्भर रहेको छ ।

हाम्रो सम्पूर्ण दिनचर्याको अधिकांश हिस्सा इन्टरनेटकै सेरोफेरोमा बिले गर्दछ । यस्तो अवस्थामा तीव्र गतिको इन्टरनेट सबैको आवश्यकता बनेको छ ।

यसैले भायानेटले तीव्र गतिको उच्च गुणस्तरीय इन्टरनेट सेवा प्रवाह गरेर ग्राहकहरुलाई हरदम अगाडी बढ्न सहयोग पुर्याउँदै आएको छ। साथै विभिन्न सूचनामुलक समाचारमुलक र मनोरन्जनात्मक टिभी च्यानलहरु समेत एउटै छानामुनी उपलब्ध गराएर ग्राहकहरुलाई थप सुविधा पनि प्रदान गर्दै आइरहेको छ । अतः आजै भायनेटको सेवा लिनु भई सधै अद्यावधिक एवं सुसूचित र सुनिश्चित रहनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *