मर्स्याङ्दी बस दुर्घटनामा भारत सरकार को चासो राज्यमन्त्री आफै आउँदै

अन्तर्राष्ट्रिय

मर्स्याङ्दीमा  हिजो भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान भारत सरकारले आफ्ना एक जना केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाउने भएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे  बिहान १० : ३० बजे काठमाडाैं आउने भएकी छिन्।उनका साथमा महाराष्ट्र जलगांवका एकजना  विधायक पनि आउने जानकारी गराइएको छ।

घाइते १६ भारतीय यात्रीको महाराजगंजस्थित टिचिङ अस्पतालमा उपचार हुँदैछ। दूतावासका चिकित्सकको निगरानीमा सबै घाइतेको उपचार हुँदैछ। घाइते यात्रुको उपचारको लागि टिचिङ अस्पताल प्रशासनले विशेष व्यवस्था गरेको छ। दुर्घटनामा परेर सामान्य घाइते भएका तीन जनालाई काठमाडाैंस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *