मोटरसाइकलको ठक्करबाट साइकल चालक गम्भीर घाइते

घटना

बाराको कलैया उपमहानगरपालिका–१४ मा सोमबार बिहान मोटरसाइकलको ठक्करबाट साइकल चालक गम्भीर घाइते भएका छन् । 

कलैया उपमहानगरपालिका–१४ का अन्दाजी ५५ वर्षीय जोखु साह तेली घाइते भएका हुन् । घाइते भएका उनको एलएस न्यूरोअस्पताल पर्वानीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

कलैयाबाट बरियारपुरतर्फ जाँदै गरेको साइकललाई सोही दिशातर्फ जाँदै गरेको मधेस प्रदेश २–०३–२३ प ९७ ८४ नम्बरकोमोटरसाइकलले बिहान ९ बजे पछाडिबाट ठक्कर दिएको थियो । 

ठक्कर दिने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *