यि हुन् न्युजिल्याण्डका निकै व्यस्त बिमानस्थल

अन्तर्राष्ट्रिय

५० लाख जनसंख्या भएको देश न्युजिल्याण्डमा अहिले पनि सार्वजनिक यात्राको लागि प्रयोग गरिने साधनमा प्लेन पहिलो नम्बरमा पर्दछ । निजी सवारीको प्रयोग पछि न्युजिल्याण्डका यात्रुहरु बढी हवाई यात्रा गर्न रुचाउने गरेका छन् । देश सानो भएतापनि भुगोलका कारण सडक यात्रा लामो हुने गरेको देखिन्छ तर हवाई यात्रा भने यहाँ सहज मानिन्छ । एयर न्युजिल्याण्डको एकाधिकारका कारण हवाई यात्रा भने न्युजिल्याण्डमा महँगो छ तर पनि समय बचाउन यात्रु हवाई मार्ग प्रयोग गर्दछन् ।

न्युजिल्याण्डमा हाल ४ अन्तराष्ट्रिय सहित १०० वटा बिमानस्थल सन्चालनमा छन् जस्मा केही हवाई अड्डा समेत छन् । यि बिमानस्थलमध्ये आज हामीले ३ व्यस्त बिमानस्थलको विवरण प्रस्तुत गरेका छौँ ।

१. अकल्याण्ड अन्तराष्ट्रिय बिमानस्थल

देशकै ठुलो तथा व्यस्त बिमानस्थलमा अकल्याण्डको अन्तराष्ट्रिय बिमानस्थल पर्दछ । यहाँ वर्षेनी ५६ लाख मानिसले हवाईसेवा उपयोग गर्ने गरेका छन् । यहाँ हाल २० अन्तराष्ट्रिय र ४ राष्ट्रिय एयरलाइन्सले उडान भर्दै आएको छ । न्युजिल्याण्ड प्रवेशका लागि गेटवेको रुपमा अकल्याण्ड अन्तराष्ट्रिय बिमान्स्थललाई लिईन्छ । अकल्याण्ड अन्तराष्ट्रिय बिमान स्थलमा प्रतीघन्टा ४५ वटा बिमान उडान तथा अवतरण गर्न सकिने क्षमता छ ।

२. वेलिङटन अन्तराष्ट्रिय बिमान्स्थल

देशको राजधानीमा रहेको दोस्रो ठुलो बिमानस्थलमा वर्षेनी ३४ लाख यात्रुले हवाई सेवा प्रयोग गर्छन् । देशकै राजधानीमा भएता पनि यहाँ अन्तराष्ट्रिय उडान भने निकै कम हुन्छन् । बिशेषत अष्ट्रेलियाका केही शहरहरु र फिजी देशको दुई शहरमा वेलिङटनबाट उडान हुन्छ । त्यस्तै न्युजिल्याण्डका १९ शहरका लागि वेलिङटनबाट हवाईसेवा लिन सकिने छ । यो अन्तराष्ट्रिय बिमान्स्थलको रन्वेको लम्बाई २ हजार मिटरको छ । छोटो रन्वेका कारण पनि यहाँ धेरै अन्तराष्ट्रिय उडान हुँदैनन् । तर अन्तरिक उडानका लागि भने यो बिमानस्थल निकै व्यस्त मानिन्छ ।

३. क्राइसचर्च अन्तराष्ट्रिय बिमानस्थल

देशको तेस्रो व्यस्त बिमानस्थलमा क्राइसचर्च अन्तराष्ट्रिय बिमानस्थल पर्दछ । साउथ आईल्याण्डको ठुलो बिमानस्थल समेत रहेको यो बिमानस्थलबाट वर्षेनी ३२ लाख यात्रुले हवाई सेवा प्रयोग गर्छन् । यहाँ हाल ८ वटा अन्तराष्ट्रिय एयरलाइन्सले सेवा दिदै आएको छ । ईमिरेट्स, फिजी एयर, क्वन्टास, क्याथे प्यासिफिक, चाइना साउदन, कोरियन, भर्जिन अष्ट्रेलिया र सिंगापुर एयरका बिमान क्राइसचर्च अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण हुने गरेका छन् । ३ हजार मिटर, १५ सय मिटर, र ५ सय मिटर गरेर ३ वटा रन्वे रहेको यो अन्तराष्ट्रिय बिमानस्थलमा एअर न्युजिल्याण्ड, चाथम एयर, जेटस्टार र साउण्ड एअरलगायतका राष्ट्रिय एयरलाइन्सले सेवा दिदै आएको छ ।

अन्य व्यस्त बिमानस्थलहरु

४. कुइन्स्टाउन अन्तराष्ट्रिय बिमानस्थल
५. डुनेडिन  बिमानस्थल
६. नेल्सन  बिमानस्थल
७. हक्स बे बिमानस्थल
८. तउरँगा बिमानस्थल
९. पाल्मेशन नर्थ बिमानस्थल
१०.  ह्यामिल्टन बिमानस्थल

Leave a Reply

Your email address will not be published. Required fields are marked *