श्री परमानन्द संस्कृत छात्र परिषद कला संरक्षण विभाग भरतपुर को अधिवेशन  सम्पन्न, नवगठित  अध्यक्ष मा आचार्य पं प्रकाश  पाण्डे

नेपाल

आषाढ २२ गते शनिवार भरतपुर ९शरदपुर श्री त्रिपुरेश्वर शिव मन्दिरमा श्री परमानन्द संस्कृत छात्र परिषद कला विभागको ३२ सौँ साधारणसभा एवम्  सातौँ अधिवेशन ज्यो. पं.प्रताप कंडेलको अध्यक्षतामा श्री  परमानन्द संस्कृत गुरुकुल विद्यापीठमका प्राचार्य सुभाव ब्रह्मचारी गुरुको प्रमुख आतिथ्यतामा यश क्षेत्रका धार्मिक सामाजिक महानुभावहरुको समुपस्थितिमा अधिवेशन  सम्पन्न भयो ।

उक्त कार्यक्रममा संस्थापक निर्देशक आचार्य पं श्री चेतराज कंडेलले संस्थाको स्थापना कालदेखि  हाल सम्मका गतिविधि  हरुलाई प्रस्ट पार्नुभएको थियो ।

पं चेतराज कंडेलको संयोजकत्वमा गठन भएको तीन सदस्यीय निर्वाचन  समिति ले सरल रुपमा सर्वसम्मत रुपमा लामो समयदेखि कला संरक्षण विभाकै विभिन्न  पदमा रहंदै उपाध्यक्षको रुपमा रहनु भएको परमानन्द गुरुकुलमका पूर्व छात्र आचार्य पं प्रकाश पाण्डेको अध्यक्षतामा ११सदस्यीय  समिति गठन सम्पन्न गर्नु भएको थियो।

सो  कार्यक्रम  संस्थाका सचिव आचार्य पं गोविन्द दाहालले संचालन गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *