
सखुवा प्रसौनी -१ सिद्धपुर मा जनभावना समाज सुधार समुह को आयोजनामा सदाको बर्ष जस्तै यस बर्ष पनि मौलिक तिज विशेष कार्यक्रम सम्पन्न भएको छ। महिला हरुको महान पर्व हरितालिका तिजको अवसरमा तिज बिशेष कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा सामुहिक महिला नृत्य सङ्गै ,घैटो फुटाउने, फुटबल प्रतियोगिता तथा महिला तथा जेष्ठ नागरिक सम्मान गरिएको थियो। फुटबल प्रतियोगिता मा बारा को बकुलीया र पर्सा को सिद्धपुर बिच भएको रोमाञ्चक खेलमा बकुलीया ले २ गोल ले जित हासिल गरी रु नगद ५ हजार को पुरस्कार प्राप्त गरीएको थियो।

वडा न १ सिद्धपुर स्थित कार्यक्रम मा सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थीयो। कार्यक्रम मा उपाध्यक्ष शर्मीला बिस्ट, वडाअध्यक्ष बासुदेव महतो तथा वडा नम्बर एक बासी को वृहत रुप मा उपस्थित थियो। कार्यक्रम लाइ सफल बनाउन लाग्नु हुने सम्पूर्ण कार्य समितिका साथीहरु लगायत उपस्थित सम्पूर्णमा आयोजक को तर्फ़ बाट हार्दिक आभार तथा धन्यबाद ब्यक्त गर्नु भएको थियो।


