अमेरिकाले श्रीलङ्काका राष्ट्रपतिकाे भिसा अनुराेध ‘अस्वीकार गर्‍याे’

सबै

अमेरिकाले श्रीलङ्काका राष्ट्रपति गाेटाबाया राजापाक्षेकाे भिसा अनुराेधलाई अस्वीकार गरेकाे छ । देशमा विराेध प्रदर्शन चर्किँदै गएपछि पद छाेड्ने प्रतिबद्धता गरेर देशबाट भाग्ने प्रयास गरेकाे अनुमानका बीच राष्ट्रपति राजापाक्षेकाे भिसा अनुराेधलाई अमेरिकाले अस्वीकार गरेकाे ‘द हिन्दू’ ले एक उच्च अधिकारीलाई उद्धृत गर्दै लेखेकाे छ । 

यसअघि श्रीलङ्का र अमेरिकाका दाेहाेराे नागरिक रहेका गाेटाबायाले सन् २०१९ काे चुनावअघि अमेरिकी नागरिकता त्याग्नुभएकाे थियाे । विदेशी नागरिक राष्ट्रपति पदका लागि उम्मेदवार हुन नपाउने कानुनका कारण उहाँले अमेरिकी नागरिकता त्याग्नुभएकाे थियाे । 

राजापाक्षेले त्याे चुनाव भारी बहुमतका साथ जित्नुभयाे तर नागरिकलाई थिचाेमिचाे गर्ने र एक गम्भीर आर्थिक सङ्कटका बीच उहाँ अवश्य पनि देशकाे सबैभन्दा अलाेकप्रिय नेता बन्नुभयाे । 

काेलम्बाेमा रहेका एक अधिकारीले भनेका छन्, ‘उन (राजपक्ष) ले भर्खरैकाे घटनापछि अमेरिकालाई सुरक्षित मार्गकाे रूपमा राेजेका थिए तर यसलाई अस्वीकार गरिएकाे छ ।

श्रीलङ्कामा प्रदर्शनकारीले गएको शनिवारदेखि राष्ट्रपतिको भवन कब्जा गरेर बसेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *