आगजनी मुद्दामा अदालतले दोषी ठहर गरेको सांसद अरूण चौधरीको कैद मिनाहा

घटना नेपाल

कैलाली कारागारमा रहेका सांसद अरूण चौधरीको कैद मिनाहा गरिएको छ।आइतबार फागुन ७ गते प्रजातन्त्र दिवसका दिन सांसद अरूण चौधरीलाई जेलबाट छुटाउन राष्ट्रपतिको कार्यालयले उनको सजाय मिनाह गरेको हो।

राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ। सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाह भएको छ।

प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक चौधरीलाई पक्राउ गरी माघ २० गते जिल्ला अदालत कैलालीमा पेस गरिएको थियो। उनलाई ९ वर्षअघिको आगजनी मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *