बंगलादेशमा आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिना वाजेद भागेकी छिन् ।
उनी सेनाको विशेष हेलिकोप्टरबाट उनी भारततर्फ उडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् ।
आरक्षणको विरोधमा चर्किएको आन्दोलनका क्रममा आइतबार ९० जनाको मृत्यु भएको थियो ।
त्यसपछि त्यहाँको सत्ता सेनाले नियन्त्रणमा लिने चर्चा भइरहेका बेला प्रधानमन्त्रीले देश छाडेकी हुन् ।



