उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

सबै

प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा कांग्रेसकी सचेतकसमेत रहेकी भुसालले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गरेकी हुन् ।

उपसभामुखमा निर्वाचि भुसालले १४८मत प्राप्त गरिन् भने एमाले उम्मेदवार विद्या भट्टराईको पक्षमा भने ९३मत मात्रै पर्‍यो। साढे २ वर्षदेखि उपसभामुखविहिन रहेको प्रतिनिधिसभामा भुसालले नयाँ जिम्मेवारी पाएकी हुन्। उनी दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन्।

उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ। हाल २ सय ७१ सांसद छन्। जसको बहुमत १ सय ३६ हो। शुक्रबारको निर्वाचनमा २४२ सांसद उपस्थित थिए। एक सिट रहेको नेपाल मजदुर किसान पार्टी भने निर्वाचनमा सहभागी भएको थिएन ।२०७४ सालमा भएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा तत्कालीन वाम गठबन्धनकी एमाले उम्मेदवार शिवमाया तुम्बाहाङ्फेबाट पराजित भुसाल अहिले वाम गठबन्धनमा रहेको माओवादी केन्द्र र तत्कालीन एमालेबाट छुट्टिएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को भोटको बलमा उपसभामुखमा निर्वाचित भएकी हुन्।

भुसाललाई जनता समाजवादी पार्टीका साथै लोकतान्त्रिक समाजवादी पार्टीले पनि भोट दिएको छ। २०७४ सालको उपभामुख निर्वाचनमा भुसालले ५८ भोट पाएकी थिइन्। त्यतिबेला तुम्बाहाङ्फेले २०१ भोट प्राप्त गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *