
वीरगञ्ज, २८ अषाढ । पछिल्लो केहि दिनदेखि तराई-मधेश क्षेत्रमा बढ्दै गएको अत्याधिक गर्मीलाई मध्यनजर गर्दै वीरगञ्जका विद्यालय ३ दिनका लागि बन्द गरीएको छ ।वीरगञ्ज महानगरपालिकाको शैक्षिक विकास महाशाखाले मंगलबार एउटा सूचना जारी गर्दै भोली बुधबारदेखि शुक्रबारसम्म महानगरका सम्पूर्ण विद्यालय बन्द रहने जनाएको छ ।
असार २९ गतेदेखि ३१ गतेसम्म महानगरभित्र सञ्चालित सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय रहने महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । अत्याधिक गर्मीको कारणले बालबालिकाहरुमा पर्ने जाने प्रतिकुलतालाई मध्य नजर गर्दै विद्यालय बन्द गरिएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले जनाएका छन् ।


