नक्कली कागजात पेश गरेर अस्ट्रेलिया आएका विद्यार्थीको अध्यागमनद्वारा भिसा रद्द

अन्तर्राष्ट्रिय

अस्ट्रेलियाको अध्यागमनले नक्कली कागजात पेश गरेको भेटेपछि पाकिस्तानका २ जना बिद्यार्थीलाई सिड्नी अन्तराष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएको छ।उनीहरुको भिसा रद्द गरेर स्वेदश फिर्ता पठाइएको हो। बिद्यार्थी भिसामा आएका पाकिस्तानका २ जना विद्यार्थीहरुलाई अध्यागमनले शंका लागेर उनीहरुको प्रतिवेदनबारे सोधपुछ गर्दा उत्तर दिन नसकेपछि फिर्ता रद्द गरिएको पाकिस्तानी माइग्रेसन एजेन्टहरुले जानकारी दिएका छन्।अध्यागमनले विद्यार्थीहरुलाई उनीहरुले पेश गरेको आर्थिक प्रतिवेदनबारे प्रश्न गर्दा उनीहरुले सबै काम एजेन्टले गरिदिएको र आफूहरुलाई केही पनि थाहा नभएको बताएका थिए।

नेपालबाट पढ्न जादै हुनुहुन्छ तर सबै एजेन्टको मात्र भर परेर जानुभयो भने तपाई पनि अध्यागमनको निगरानीमा पर्न सक्नुहुन्छ। ग्लोबल मार्क एजुकेशनका निर्देशक अरुण चित्रकारले नेपालबाट आउने विद्याथीहरुलाई आफ्नो डकुमेन्टहरु एजेन्टको सहयोगमा सकभर आफैँले तयार गर्न आग्रह गरेका छन्।

अस्ट्रेलियाको हाई कमिसनले भिसा आवेदनमा कडाइ गरिरहेका बेला अध्यागमनले बिमास्थलमै भिसा रद्द गरेको खबर आएपछि नआत्तिदिन आग्रह गर्दै चित्रकारले डकुमेन्टहरु सही भएमा अस्ट्रेलियाको भिसामा कुनै समस्या नभएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *