नारायणगढ-मुग्लिन सडक खण्डको मौरी खोलामा पहिरो खस्दा सडक अवरुद्ध, २३ घण्टापछि मंगलबार राति पौने १० बजे पहिरो हटाएर सवारी आवागमन सुचारु गरिएको थियो

समाचार

चितवनको नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-२९ मौरीखोला पुलमा गएराति  फेरि पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ।  

२३ घण्टापछि मंगलबार राति पौने १० बजे पहिरो हटाएर सवारी आवागमन सुचारु गरिएको थियो। तर सोही स्थानमा  राति साढे दुई बजेतिर पुनस् पहिरो खस्दा सडक अवरुद्ध भएको हो।  

भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति पुगेको छ। मौरीपुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *