नेपालबाट भारतको दिल्ली तर्फ जाँदै गरेकी दुई युवतीको उद्दार गरियो

सबै

नेपालबाट भारतको दिल्ली तर्फ जाँदै गरेकी दुई युवतीको उद्दार गरिएको छ । भारतीय प्रहरीले उनीहरुको शुक्रबार राती नेपाल र भारतको सिमावर्ती शहर रक्सौलको रेल्वे स्टेशनबाट उद्दार गरेको हो ।भारतीय प्रहरीको एन्टी ह्युमन ट्राफीकिङ् यूनिटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोज कुमारको नेतृत्वमा खटेको टोलीले युवतीहरुलाई उद्दार गरेर नेपालस्थित माइती नेपाल संस्थाको जिम्मा लगाएको छ ।

युवतीहरुलाई गएराती इन्स्पेक्टर मनोज शर्माको टोलीले रक्सौलस्थित रामजी चोकबाट उद्दार गरेको जनाईएको छ । भारतीय प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार युवतीहरुलाई केही प्रलोभन देखाएर ट्रेन चढी भारतको दिल्ली पुग्ने निर्देशन दिइएको थियो । 

त्यसकोलागी युवतीहरु तिन दिन अगाडि काठमाडौँस्थित आफ्नो घरबाट केही पैसा र गहना चोरी गरेर भारतको लागि हिडेका थिए । युवतीहरु हराएको भन्दै अभिभावकले नेपाल प्रहरीलाई जानकारी समेत गराएका थिए । त्यसैक्रममा अभिभावकले सामाजिक सञ्जाल मार्फत इन्स्पेक्टर मनोज कुमारको सम्पर्क नम्बर पता लगाएर उनलाई पनि बालिकाहरुको खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेका थिए ।  इन्स्पेक्टर मनोज कुमारले युवतीका अभिभावकसँग तस्विरसहितको जानकारी माग गरेर उनीहरुको खोजीका लागि एउटा विशेष टोलीनै खटाएका थिए । सोही क्रममा युवतीहरुलाई गएराति १२ बजेको करिबमा ट्रेन स्टेशनबाट उद्दार गरिएको इन्स्पेक्टर मनोज कुमारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *