
वीरगञ्ज, ३० अषाढ । पर्साको पकाहमैनपुर गाउँपालिका वडा नम्बर ३ स्थित श्री रामचरित्र भगत माद्यामिक विद्याालयका ६ जना छात्रा अचेत भएका छन् । कक्षा ६, ७ र ८ मा अध्ययनरत ६ जना छात्रा अत्यधिक गर्मीका कारण अचेत भएका हुन् ।सानो कक्षाकोठाभित्र धेरै विद्यार्थी बस्नुपर्ने बाध्यताका कारण र बढ्दै गएको प्रचण्ड गर्मीका कारण विद्यार्थी अचेत भएको विद्यालयका प्रधानाध्यापक छोटेलाल साहले जानकारी दिए । प्रधानाध्यापक साहकाअनुसार कक्षा ६ को कोठामा पंखा नभएको र अन्य कोठामा पंखा भएपनि विद्यार्थी संख्याअनुसारको कक्षाकोठा नहुँदा समस्या हुने गरेको छ ।


