
सम्वाददाता – औराहा (पर्सा)
“जित्नु भन्दा ठूलो कुरा हिम्मत नहार्नु हो” भन्ने नाराका साथ सखुवा प्रसौनी गाउँपालिका–१, औराहा मा आयोजित प्रथम औराहा नकआउट फुटबल प्रतियोगिता २०८२ सुरु भएको छ। प्रतियोगिता हरेक दिन दिउँसो ३:०० बजे औराहा फुटबल मैदान मा सञ्चालन हुनेछ।
स्थानीय युवाहरूको पहलमा सुरु गरिएको यो प्रतियोगितामा पर्सा जिल्लाका विभिन्न टोल–बस्तीका फुटबल क्लबहरूले सहभागिता जनाएका छन्। आयोजकले प्रतियोगिताको उद्देश्य युवा पुस्तामा खेलप्रति रुचि बढाउने, स्थानीय प्रतिभाहरूलाई अवसर प्रदान गर्ने र खेलकुदमार्फत एकता र भाईचारा सुदृढ पार्ने रहेको जनाएको छ।
समूह–A (Group–A) का खेलहरू
- २०८२/०६/२१ – औराहा ए.वाई.सी. बनाम श्री मक्केश्वर नाथ युवा स्पोर्ट्स क्लब, गोडपासरा
- २०८२/०६/२३ – श्री राम जानकी वाई.एस.सी. श्रीपुर बनाम मनवा वाई.सी. मरवा
- २०८२/०६/२५ – के.वाई.सी. कोनिया बनाम थरघटी वाई.सी. थरघटी
- २०८२/०६/२७ – श्री भौदीमाई वाई.एस.सी. रम्भौरी बनाम रंगपुर वाई.एस.सी. रंगपुर
यस समूहको सेमिफाइनल खेल २०८२/०७/०२ मा हुने तय गरिएको छ।
समूह–B (Group–B) का खेलहरू
- २०८२/०६/२२ – श्री राम जानकी वाई.सी. सथवल बनाम बिरुवागुठी वाई.सी.
- २०८२/०६/२४ – छोइया माई वाई.सी. बगवाना बनाम अगमन वाई.सी.
- २०८२/०६/२६ – श्री न्यू पञ्चम वाई.एस.सी. पटरवा बनाम दुर्गा माई वाई.एस.सी. निचुटा
- २०८२/०६/२८ – औराहा वाई.सी. (बी–टिम) बनाम तामाङ वाई.एस.सी. गधिटोल
यस समूहको सेमिफाइनल खेल २०८२/०७/०४ मा हुनेछ।
ग्रान्ड फाइनल खेल
प्रतियोगिताको अन्तिम तथा निर्णायक खेल २०८२/०७/०६ गते दिउँसो ३:०० बजे हुनेछ।
फाइनल खेलमा दुवै समूहका विजेता टोलीबीच उपाधिको लागि प्रतिस्पर्धा हुनेछ।
स्थानीय टोल विकास समितिहरू, खेलकुद प्रेमीहरू र विभिन्न संघसंस्थाको सहयोगमा यो प्रतियोगिता आयोजना गरिएको हो। खेल हेर्न स्थानीय दर्शकहरूको भीड बाक्लो हुने अपेक्षा गरिएको छ।
आयोजक समितिका अनुसार, उत्कृष्ट खेलाडी, गोलकिपर र फेयरप्ले टिमलाई विशेष पुरस्कार प्रदान गरिनेछ।