प्रहरीको रोहबरमा विद्यालयभित्रै ओरकेष्ट्रा ( अश्लील नृत्य), ५०० दिएर लहँगा उठावाउँदै वडाध्यक्ष यादव 

सबै

मधेश प्रदेश स्थित धनुषा जिल्लाको धनौजी गाउँपालिका स्थित प्रहरीको रोहबरमा प्रतिबन्धीत ओरकेष्ट्रा (केटी नाच ) नचाइएको छ। धनौजी गाउँपालिका वडा नम्बर ३ कटैया गोठ टोलस्थित रहेको निम्न माध्यमिक विद्यालयमै ओरकेष्ट्रा नचाएको भिडियोहरु सार्वजनिक भएको छ।

विद्यालय प्राँगनभित्र सावन मेलामा आयोजना गरिदै आएको ओरकेष्ट्रामा जनप्रतिनीधिहरुले पैसा लगाएका छन् । धनुषामा प्रतिवन्ध रहेको केटी नाच अर्थात ओरकेष्ट्रामा अश्लिल गीतहरुमाथी जनप्रतिनीधिहरु नाच्दै गरेको देखिए ।ईलाका प्रहरी कार्यालय औरहीका सईसहित भररिया प्रहरी चौकीका असई एवम् ईन्चार्ज राम लक्षण यादवले आफैं रोहबरमा बसेर धनुषा प्रशासनले प्रतिबन्ध गरेको ओरकेष्ट्रा नचाएका छन् ।प्रहरीले हुने अश्लिल ओरकेष्ट्रा नियन्त्रण भन्दा पनि नचाउनको लागि आफैं उपस्थित भएर हेर्न थालेपछि प्रहरीमाथिको विश्वास समेत गुमेको छ प्रहरी ईन्चार्ज आफैँ बसेर ओरकेष्ट्रामा सरिक भए ।

विद्यालय जस्तो क्षेत्रमा ओरकेष्ट्रा नचाउनको लागि वडा नं. ३ का वडाध्यक्ष राम नारायण यादवले चन्दा सहयोग गरेका छन् । वडाबाट समेत वडाध्यक्ष यादवले ओरकेष्ट्रा नचाउन आर्थिक सहयोग गरेको बुझिएको छ ।ओरकेष्ट्रामा चलाएको अति अश्लिल मानिएको “लहँगा उठेबे त छौडी देबौ ५००” भन्ने बोलको गीतमा जनप्रतिनीधिहरु झुमेको देखिए । यस्ता कार्यक्रम धनुषा प्रशासनले प्रतिबन्ध लगाएको छ भने गुनासोको आधारमा नियन्त्रणको प्रयास जारी छ ।यता, वडाध्यक्ष यादवले भने विद्यालयमा कुनै पनि प्रकारको त्यस्तो कार्यक्रम नभएको बताएका छन् । उनले विद्यालयमा ओरकेष्ट्रा भएको वा अन्य कुनै कार्यक्रम नभएको उनले बताए । आज को न्युज ब्यूरो बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *