बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षको बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षको साउन १ गते देखि २५ जना प्राविधिक कर्मचारी हटाए १ गते देखि २५ जना प्राविधिक कर्मचारी हटाए

सबै

बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षको साउन १ गते देखि २५ जना प्राविधिक कर्मचारी हटाएको छ । प्रदेशका काठमाण्डौं उपत्यका भन्दा बाहेकका १० वटा जिल्लामा जडिबुटी तथा नर्सरी प्राबिधिकहरुलाई हटाएको हो ।दश जिल्लाका डिभिजन वन कार्यालयमा कार्यरत जडिबुटी तथा नर्सरी प्राबिधिकहरुलाई चालु आर्थिक वर्षको बजेट मार्फतनै हटाइएको छ । २५ जना जडिबुटी तथा नर्सरी प्राबिधिकहरुलाई हटाउने गरी त्यो कार्यक्रम समेत प्रदेश सरकारले हटाएको वन मन्त्रालयका एक जना कर्मचारीले बताएका छन् । फिल्डमा निस्कने कर्मचारीलाई हटाएर फेरी मन्त्रालयमा भने यही कामका लागि कर्मचारी नियुक्त गरिएको छ ।कर्मचारी हटाएको विषयमा प्रगतिशिल वन प्राबिधिक संघ नेपालले विज्ञप्ती जारी गर्दै ती कर्मचारीहरुलाई नहटाउन बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ । कर्मचारीलाई हटाउँदा जनताले पाउने सेवामा समेत असर पर्ने भएकाले तत्काल उनीहरुले पहिले गर्दै आएको काम गर्न सक्ने वातावरण तयार पार्नका लागि आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *