बाराको आधाभार र पसाहा जंगल क्षेत्रमा यौनजन्य कृयाकलापमा संलग्न ५ महिला पक्राउ

घटना
साङ्केतिक तस्विर

बारा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बाराको आधाभार र पसाहा क्षेत्रको जंगल छेउको सडकमा बसेर यौन जन्य क्रियाकलापमा संलग्न ५ जना महिलालाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रहरीले यौन कृयाकलापमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएका ती महिला भारतीय नागरिक हुन् । आधाभार र पसाहा क्षेत्रको जजंगल छेउको सडकमा बिहान १० बजेदेखि साँझ ४–५ बजेसम्म सवारी रोक्ने र चालक जंगल पस्ने क्रम चलिरहन्छ । प्रहरीका अनुसार उनीहरु यसरी यौन जन्य क्रियाकलापमा संलग्न हुने गरेका छन् । जंगलमा घाँस दाउरा खोज्ने बहानामा ट्रक तथा मोटरसाइकल चालकसँग पैसा लिएरै यौनजन्य क्रियाकलाप हुने गरेको पाइएको छ ।

सीमावर्ती भारतीय राज्य बिहारका विभिन्न जिल्लाबाट आउने महिलाले धेरै वर्षदेखि यस्तो गतिविधि गर्दै आएको दावी प्रहरीको छ । कतिपय महिलाले रक्सौलबाट भन्सार छलेर कपडा ल्याई हेटौंडामा छोड्ने र फर्कदा राजमार्ग क्षेत्रमा बस्ने गरेको पनि पाइएको प्रहरीले जनाएको छ । जंगल क्षेत्रमा यौनजन्य क्रियाकलाप हुने गरेको जनगुनासो आएपछि प्रहरीले कारबाही थालेको हो । पक्राउ परेका ती महिलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

गुनासो आएपछि नियन्त्रणका लागि अभियान थालिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । ‘घाँस दाउरा गरिरहे जस्तो देखिन्छ । पक्रने आधार नै नहुने । यसो सोधपुछ गर्न खोज्दा जंगलै जंगल भाग्ने गर्थे’ उनले भने, ‘यसपटक शंकास्पद गतिविधि गरिरहेको अवस्थामा दुई पटक गरेर ५ जनालाई पक्राउ गर्न सफल भयौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *