
सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनका समर्थकहरूले प्रदर्शन गरेका छन्। शनिबार दिउँसो लामिछानेका समर्थकले बिरगन्ज को घण्टाघर मा नाराबाजीसहित प्रदर्शन गरेका छन्।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलाशले उनको सांसद पद खारेज गरेको थियो।नागरिकता सम्बन्धी विवादमा मुद्दा परेपछि अदालतले उनलाई अयोग्य ठहराउँदै आदेश सुनाएको हो। आदेशसँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हुनबाट पनि अयोग्य भएका छन्।


