भ्रष्टाचारमा लिप्त सखुवाप्रसौनी गाउँपालिका, जुन जोगि आएपनि कानै चिरेको ( फोटो सहित )

सबै

जुन जोगि आएपनी कानै चिरेको भनेझै सखुवा प्रसौनी गाउँपालिका मा भ्रष्टाचारले सिमा नाघेको छ। अघिल्लो निर्वाचनबाट निर्वाचित भएर आएको जनता समाजबादी को प्रदीप जैसवाल ले एकलौटी ढङ्गबाट गा.पा.चलाएको तथा ढेकदार र उपभोक्ता समितीहरुमा सबै आफ्नो आसेपासेहरुलाइ मात्र राखेर भ्रष्टाचार आरोप लगाउदै विभिन्न किसिमको बिरोध  गरिरहने  प्रतिपक्षको भुमिका पुर्णरुपमा निभाएको ने.क.पा.एमालेका नेता यशवन्त यादबले नै गत स्थानीय निर्वाचन 2079 मा अत्याधिक बहुमतको साथ जित्नुभएको थियो।

बोर्ड मा पनी स्पष्ट बहुमतका साथ जितेका यशवन्त यादब पनी बिगत को पार्टी ले झै मनोमानी रुपमा आफ्नो कार्यकर्ताहरुलाइ मात्र उपभोक्ता समितिमा राखी, आफ्नो पक्षका ठेकेदारहरुलाइ मात्र ठेक्का दिएर सखुवा प्रसौनी वडा-1 पुर्णरुपमा भ्रष्टाचार को सन्जाल मा फस्न पुगेको छ।

करिब पाँच लाख पचाँस हजार बजेट रहेको  वडाको एकमात्र स्वास्थ्य चौकी  मर्मत को लागि आर्थिक बर्ष 2078/79 मा रकम छुट्टाएको भएतापनि नयाँ जननिर्वाचित प्रतिनिधि आए पछि नयाँ उपभोक्ता समिती बनाइ उक्त समितिमा सबै नेकपा एमालेको कार्यकर्ताहरु राखी उक्त स्वास्थ्यचौकी को मर्मत भएको थियो। उक्त उपभोक्ता समितिको अध्यक्ष मा  ने क पा एमालेका वडा सभापति ज्ञानेन्द्र दास, सचिव मा वडा अध्यक्ष को छोरा मोहन महतो, कोषाध्यक्ष मा नेकपा एमालेको  अघिल्लो निर्वाचित सदस्य पारस महतोको श्रीमति को साथसाथै सदस्यहरु मा नेकपा को नै कार्यकर्ताहरू थिए। करिब 5 लाख पचास हजार को बजेटमा रहेको उक्त योजनामा चुहिने छतमा घोला हालेको ,करिब उचाई ८ फिट र लम्बाइ १०  फिटको पर्खाल, कच्चा रुपमा बनाइएको 2 वटा अपाङ्ग मैत्री र्याम्प ( Ramp) र केही इलेक्ट्रोनिक मर्मत भएको थियो।स्थानिय इन्जिनियर र स्थानीय डकर्मी को अनुसार करिब 2 लाख बराबरको पनि काम नभएको जिकिर गर्छन भने स्थानीय हरु पुर्णरुपमा कच्ची काम गरि आदिभन्दा  बढी पैसाको पारदर्शी नभई हिनामिना भएको बताउछन् ।      

वडा -1 मा सडक मर्मतको लागि  नै करिन 2 लाखको बजेट छुटाएको गा.पा. इन्जिनियर ले बताउनुभयो। तर त्यो कामको लागि स्थानीय सित कुनै प्रकारको छलफल नै नगरी निज कै पाटी नेकपा एमाले निकट ठेकेदारलाई बिना प्रतिस्पर्धा ठेक्का दिइएको थियो। उक्त काम मा पनि करिब 60/70 हजार को काम गरेर 2 लाख को बजेट सकेको गुनासो स्थानीयहरु सुनाउछन।  2 नम्बर को र टुटेफुटेको इट्टा प्रयोग गरि  पर्खाल बनाइएको थियो। पुर्णरुपमा अधुरो कच्ची काम गरेको सोही वडाको धराहरि खोलाको मर्मत तथा ढलानको जिम्मा पनि सोही गुणस्तरहिन काम गर्ने ठेकेदारले पाएको छ।

गाऊँ पालिका का पुर्ब-अध्यक्ष प्रदिप जैसवालले पनि त्यस्तै काम गरेर करिब ७० हजार मा सकेको चौतारिको बजेट ३ लाख थियो ।त्यस्तै करिब 1 लाख पनि नलागेको ढुङ्गाको जाली लगाएर ४ लाख बजेट निकासा भएको थियो। हल्का रुप मा बालुवा गिटि बाटोमा खनाइ त्यही भएको ग्राभेल लाई जोति रोलर ले पेलि ५२ लाखको बजेट पनि स्वाहा (झ्वाम)पारेको स्थानियहरुको गुनासो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *