सम्पादकीय

सबै

समय एकनास को हुन सके, सबै हामीले सोचेझै भइदिए।।गुनासो नै के हुन्थो र,समय र बिचार हरु बिगत सग सगै जोडिएको हुन्छ वर्तमान पनी अनि हामी ले त्यो विगत लाई नी स्विकार गर्नुपर्छ र आज को वर्तमान लाई पनी।।सानैदेखी नै अनुसन्धान र विश्लेषण गर्न मा धेरै चासो दिने म तर मेरो कुरा कसैले नसुन्ने अनी त्यो बेला को आक्रोश मन मनै तर्क वितर्क दिदै  आक्रोश लाई दबाउने म, अनी अलि चाडै आवेग मा आउने बानी ले सधै मन मा आतङ्कित हुने म।  सानैदेखी प्रहरी अनुसन्धान मा काम गरेर देश को अन्याय, अत्याचार, ज्यादती र गुण्डागर्दी विसङ्गति विरुद्ध लड्ने आकाङ्क्षालाई मन भित्रै राखी, आफु सक्षम हुदा आवश्यक प्रकृयालाई अगाडि बढाउदा पनी विभिन्न कृयाकलाप मा असफल हुने म अनी त्यो सबै ब्याक फोर्स तयार भई जादा उमेर ले डाडा काटिसकेको हुने। अनी आफ्नो त्यो सबै इच्छा आकाङ्क्षालाई मन मा दबाईरहदा,  खोजमुलक पत्रकारिताबाट पनी समाजको त्यो अन्याय र अत्याचार मा परेको न्यून वर्ग को आवाज बनी कुनै एक लाई पनी न्याय दिन पाउदा को खुसी कसरी बयान गर्न सक्छ र त्यसैबीच लामो समय सम्म  केही सानो तथा स्थानीय न्युज च्यानल सगै काम गर्दा को अनुभव ले ठुला ठुला संस्था हरु सग काम गर्न खोज्दा आफ्नोबाद तथा पैसा बाद को अगाडी कुनै स्थान नपाउदा भड्केको मन मा म आफै पनी केही गर्न सक्छु भन्दै, कसैले अवसर नदिदा म आफै त्यो अवसर बन्दै केही नया गरी  खोजमुलक पत्रकारिताबाट सबै को प्रस्ट रुप मा आवाज बनी त्यो आवाज लाई राष्ट्रिय रुप मा गुञ्जायमान बनाउन को लागी केही युवाहरुको समुह मिली Base24 media pvt ltd ( Base24 News) को जन्म गराउन सफल भएको छौ। अब मलजल गर्ने काम हाम्रो साथै तपाई हरु सबैको साथ, सहयोग, समर्थन, सल्लाह, सहकार्य र सहयात्रा ले चाडै नै राष्ट्र को नै आवाज बन्न सफल बनाउनु हुन्छ भन्ने आस को साथ मा अनुरोध गर्दै आफ्नो कर्म कहीकतै पनी नझुकी कसैको दबाबमा लालचमा नपरी सधै सत्य र तथ्य मा बिस्वास गरी अलिकति पनी खुट्टा नकमाई बनाउन चाहन्छु र  अन्तिम सम्म पनी लडिरहन्छु लडिरहन्छु  लडिरहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *