सिरहाको भगवति स्वीट हाउसको चाटमा मरेको माहुरी, ग्राहक अस्पताल भर्ना, प्रशासनको छापामारी

समाचार

सिराहा स्थित भगवती वेकरी एन्ड स्विट्स हाउसको समोसामा किरा भेटिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यलय सिरहाका अनुगमन टोलिले छापा हानेको छ ।

सेवा ग्राहीको नास्तामा किरा फेला परेको सुचना प्राप्त भएपश्चात जिल्ला प्रशासन कार्यलय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशणमा प्रशासकीय अधिकृत नेतृत्वको अनुगमन टोलिले माँ भगवती बेकरी एण्ड स्वीट्स हाउसमा छापा मारेका हुन् ।

अनुगमनको क्रम्मा माँ भगवती बेकरी एण्ड स्वीट्सको किचेन,होटेलमा खानेकुरा राखिने स्थानको अनुगमन गरेका छन।

अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशणमा प्रशासकीय अधिकृत नेतृत्वको अनुगमन टोलिले गल्ति सुधार गर्न र सरसफाईमा पुर्ण ध्यान दिन होटेलका संचालक गणेश साहलाई चेतावनी दिईएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए ।

अनुगमनको क्रममा उक्त होटलमा आत्याधिक खानेसामग्रीहरु वासी पाइएको प्रशासकीय अधिकृत श्याम राउतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *