स्याङ्जामा पोखरीमा डुबेर दुई जनाको ज्यान गयाे

सबै

स्याङ्जा – स्याङ्जाको गल्याङमा सिँचाइ पोखरीमा डुबेर दुई जनाको ज्यान गएको छ ।

पाेखरीमा डुबेर गल्याङ नगरपालिका वडा नम्बर–६ बस्ने कामना गुरुङकी ४ वर्षीया छोरी सोफिया गुरुङ र उनलाई बचाउन गएकी ३३ वर्षीया वृन्दा गुरुङको ज्यान गएकाे हाे । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रविन्द्र खनालले पोखरीमा बालिका खसेकाे देखेपछि बचाउन गएकी वृन्दाको पनि डुबेर ज्यान गएको जानकारी दिनुभएकाे छ । 

सिँचाइ पोखरी एक लाख लिटर क्षमताको भएकाे प्रहरीले जनाएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *