२७ वर्षसम्म अफिसमा लिएनन् एकदिन पनि विदा, अन्तिममा पाए ३ करोड पुरस्कार !

सबै

दैनिक जीवनमा विभिन्न आकस्मिक तथा अन्य निजी जरुरी कामहरु पर्दछन् जसले गर्दा आफ्नो व्यवसाय तथा जागिरबाट छुट्टी लिनुपर्ने हुन्छ । कतिपय कामचोर व्यक्तिहरु भने अफिसमा विभिन्न बहाना बनाएर विदा बसिरहेका हुन्छन् । केही कर्मचारी चाहिं आफ्नो कामप्रति निकै दत्तचित्त हुन्छन् र सित्तिमित्ति विदा लिँदैनन् ।यस्तै इमान्दार तथा कामप्रति समर्पित कर्मचारी अमेरिकामा फेला परेका छन् । ती कर्मचारीले पछिल्लो २७ वर्षसम्म एक दिन पनि विदा नलिइकन काम गरिरहे । त्यसबापत कम्पनीले उनलाई विशेष पुरस्कार दियो । कम्पनीले ती बफादार कर्मचारीलाई हम्बल गूडी ब्याग प्रदान गरको थियो ।

तर ती कर्मशील मानिसलाई मनकारीहरुले करोडौं रुपैयाँ दान दिएका छन् ।  अमेरिकाको लस भेगासस्थित बर्गर किङ रेष्टुरेन्ट चेनमा कार्यरत कर्मचारी केभिन फोर्डले कम्पनीमा काम गरिरहँदा पछिल्लो २७ वर्षदेखि विदा नै लिएका छैनन् ।५४ वर्षका केभिन कम्पनीमा खजान्चीको रुपमा कार्यरत छन् । सन् १९९५ देखि उनी बर्गर किङको विमानस्थलस्थित शाखामा काम गरिरहेका छन् ।उनले कम्पनीमा काम थालेको २७ औं वर्षगाँठका अवसरमा कम्पनीले उनलाई मूभी टिकट, स्टारबक्स कप, क्याण्डी तथा चकलेटले भरिएको झोला उपहार दिए । साथै उनका सहकर्मीहरुले पनि उनलाई बधाई तथा धन्यवाद दिए ।आफ्ना बुवाको कम्पनीप्रतिको बफादारिताका विषयमा केभिनकी छोरीले GoFundMe नामक पेज तयार गरिन् र करीब २ सय डलर रकम जुटाउन आह्वान गरिन् । तर मनकारी मानिसहरुले दिल खोलेर सहयोग गर्न थाले । हालसम्म उनको उक्त पेजमा ३ लाख डलरभन्दा धेरै दान प्राप्त भैसकेको छ । आर्थिक सहयोग रकम अझै बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *