जनकपुरः बालिकालाई पटक–पटक बलात्कार गरी गर्भवति, ५९ वर्षिय पुरुष पक्राउ

सबै

मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रस्थित एक बालिकालाई पटक पटक बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ९ बेंगाडावरमा बलात्कार गरी एक १४ बर्षीया नाबालिकालाई गर्भवती बनाएको घटना सार्वजानिक भएको हो ।

बलात्कृत नाबालिकाका अभिभावकले आरोपित विरुद्ध प्रहरीमा उजुरी दिएपछि उक्त घटना बाहिरिएको हो ।

प्रहरीले उजुरीको आधारमा बिहिवार बलात्कार आरोपित स्थानीय ५९ बर्षीय सोमबहादुर घिसिङ्गलाई पक्राउ गरेको हो ।

गत बैशाख ५ गते खर्साङ्गे डाडा सामुदायिक वनमा बाख्रा चराउन गएकी ती नाबालिकालाई आरोपित घिसिङ्गले ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरी जनाएको छ ।

प्रहरीका अनुसार बलात्कृत नाबालिकालाई आरोपित घिसिङ्गले विभिन्न किसिमको डर तरास देखाई पटकपटक जबरजस्ती करणी गर्दै आएको उजुरीमा उल्लेख छ ।

घटनाको तीन महिनापछि शुक्रवार पीडित पक्षले बलात्कार आरोपित विरुद्ध प्रहरीमा जाहेरी दिएको छ । बलात्कृत नाबालिका गर्भवती रहेको समेत ती घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए

नाबालिकाका बुवाले प्रहरीमा दिएको जाहेरीको आधारमा आरोपित घिसिङ्गलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *