अस्ट्रेलिया बस्ने नेपालीहरुले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा शैक्षीक सामाग्री सहयोग

विज्ञान/प्रविधि

अस्ट्रेलिया बस्ने नेपालीहरुले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा शैक्षीक सामाग्री सहयोग गरेका छन् । बारा स्थायी घर भएका अस्टे«लिया निवासी नेपालीहरुले आज वडा नम्बर ४ र १५ मा शैक्षीक सामाग्री सहयोग गरेका हुन् । वडा नम्बर ४ फरदहवामा रहेको सामुदायिक बिद्यालयलाई एक सेट प्रोजेक्टर र कम्युटर तथा वडा नम्बर १५ मा रहेको जनकल्याण आधारभुत बिद्यालयलाई ८ वटा कम्युटर हस्तान्तरण गरिएको संयोजक अरुण गौतमले जानकारी दिनुभयो । २ लाख २० हजार बराबरको शैक्षीक सामाग्री वडा नम्बर ४ र १५ मा हस्तान्तरण गरिएको संयोजक गौतमले बताउनुभयो । अति बिपन्न समुदायका लाई बालबालिकालाई लक्षित गरी शैक्षीक सामाग्री हस्तान्तरण गरिएको उहाले बताउनुभयो ।

वडा नम्बर ४ मा आयोजित कार्यक्रमकाबिच वडा अध्यक्ष ईश्वर खत्रीलाई शैक्षीक सामाग्री हस्तान्तरण गरिएको थियो । सो अवसरमा वडा अध्यक्ष खत्रीले बारा जिल्ला स्थायी घर भई अस्टे«लिया बस्ने नेपालीहरुले गरेको सहयोगको प्रशंसा गर्नुभयो । उहाले नेपालीहरुको सहयोग प्रशंसनीय रहेको भन्दै खुशी व्यक्त गनुभयो ।सो अवसरमा समाजसेबि रमेश सोडारि र डोनाल खड्काले सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

रेडियो समर्पण बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *