
सखुवा प्रसौनी गाउँपालिका वडा-1 मा धुवाँ चुलो मुक्त अभियान अन्तर्गत एस वडा का वडा अध्यक्ष बासुदेव महतो को अध्यक्षता मा विभिन्न संघसस्था, दलित तथा पिछडिएका बर्ग र एकल महिलालाइ लक्षित गरि ग्यास चुलो सेट बितरण गरिएको छ।
गत आर्थिक बर्ष 2078/79 को बजेटमा करिब 3 करोड बराबर को ६४४ ग्यास बितरण को लागि ग्यास सेट किनिएको थियो।गत स्थानीय निर्वाचनको आचारसंहिता लागू भएको कारण उक्त ग्यास बितरण कार्य रोकिएको थियो। त्यही ग्यास बाट आज करिब 144 जना एकल महिलालाइ ग्यास दिइएको छ जसमा यो भन्दा अगाडि नै विभिन्न संघसस्था जस्तै वडा-1 अन्तरगत पर्ने सबै बिधालय, स्वास्थ्य चौकी लगायत मठमन्दिर र दलित तथा पिछडिएको बर्गलाई लक्षित गरी करीब १४४ ग्यास बितरण गरिएको थियो।

एस विषयमा सखुवा प्रसौनी गाउपालिका वडा -1 को वडा अध्यक्ष बासुदेव महतो सित कुरा गर्दा धुवा चुलो बाट धेरै जनताहरु रोगी हुन पुगेको र धनि हरु तथा आम्दानी भएको व्यक्ती हरुले ग्यास किन्न सहज भएता पनी गरिव ,दलितहरुको आम्दानिको स्रोत नहुदा ग्यास किन्न नसकेको बेलामा स्थानीय सरकार रहेको अनुभुती दिलाउन को लागि सोही बर्गलाइ लक्षित गरि ग्यास बितरण गरिएको छ।
हामीसँग भएको करीब ६४४ ओटा ग्यास चुलोहरु मध्य १४४ वटा ग्यास विभिन्न संघसस्था तथा दलित तथा पिछडिएको वर्ग हरुलाइ बाडियो भने आज एक कार्यक्रम को बिच १५१ वटा एकल महिलाहरुलाई बाडिएको छ।अब हामिसित ३४९ ग्यास बाकी रहेको ले स्थानीय बासिन्दाहरु शीत छलफल गरि बाकी ग्यास जनतालाइ नै बाडिने कुरा राख्नुभयो।यसैबिच छुटफुट दलित तथा पिछडिएको तथा एकल महिलाहरुलाइ तथा सोही अधिकार बाट बन्चित नहोस र कोइ पनि नछुटुन भन्ने ख्याल गर्दै येहि सुचनालाइ आधार मानी भएपनी केही समयभित्र मा नै लिन आउनको लागि अपिल समेत गर्नुभयो।






