अझै सकेको छैन युक्रेन र रुसको युद्ध

सबै

रुसले युक्रेनको डोनेट्स्क शहरमा भीषण बमबारी गरेकाे छ ।युक्रेनले पूर्वी दोनेत्स्क क्षेत्रका ३ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सर्न अपील समेत गरेको हाे ।शहरमा रुसी सेनाले धमाधम बम हमला गर्न थालेपछि उक्त प्रान्तका गर्भनर पाभ्लो किरिलेन्कोले मानिसलाई तथा युक्रेनी सेनाको जीवन रक्षाका लागि शहर छोड्न अपील समेत गर्नुभएको हो ।

सोही शहरमा बसेका मानिसका कारण युद्ध लड्न असहज भएको भन्दै उनीहरुलाई डोनेट्स्क शहर छोड्न अपील गरिएको किरिलेन्काले बताउनुभयो । रुससँगको युद्धमा यसअघि नै युक्रेनका ७१ लाख मानिस विस्थापित भइसकेका छन् । बाँकी ४८ लाख मानिस पनि विस्थापित हुने अवस्थामा पुगेका छन् ।दोनेत्स्क शहर पूर्वी युक्रेनमा रुसको नियनत्रणमा जानबाट बचेको अन्तिम शहर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *