
सरकारले हरेक वर्षको वैशाख १ गतेलाई घरजग्गा लिखत रजिस्ट्रेसन दिवसको रुपमा मनाउने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष वैशाख १ गतेलाई घरजग्गा लिखत रजिस्ट्रेसन दिवसको रुपमा मनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


