गभर्नरलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

सबै

२९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारी दलीय जिम्मेवारीमा रहेको भन्दै उनलाई बर्खास्त गर्न माग गरेको छ ।नेकपा एमालेको अर्थ विभागको सदस्यमा खोटाङका एम अधिकारी रहेका छन् । एम अधिकारी भन्ने व्यक्ति गभर्नर नै भएको दावी गर्दै अनेरास्ववियू क्रान्तिकारीले उनलाई बर्खास्त गर्न माग गरेको हो । यद्यपि एमालेले भने एम अधिकारी भन्ने व्यक्ति गभर्नर नै हुन् वा होइनन् भन्नेबारे केही खुलाएको छैन ।

उनले प्राप्त गरेको दलीय जिम्म्ेवारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ को उल्लेखित दफाको उल्लंघन गरी कानुनको धज्जी उडाएको हुँदा उनलाई तुरुन्त बर्खास्त गर्न नेपाल सरकार समक्ष हामी जोडदार माग गर्दछौं’ अध्यक्ष पञ्चा सिंहले विज्ञप्तिमा भनेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *