मकवानपुर को त्रिखण्डी खोलाको नजिक भेटियो लुकाइराखेको अवस्था मा पर्सागढी नगरपालिकाको गाडी

सबै

सरकारी सम्पती भनेको हामी सबैको सम्पती हो। यसको सदुपयोग गर्नु हामी सबैको कर्तव्य हो र कोही कसैले यस को दुरुपयोग गरेको पाइएमा त्यस गतिविधिहरूलाई पर्दाफास गर्नु एक सचेत नागरिक को दायित्व हो। यसैविच  अहिले सामाजिक सञ्जाल मा पर्सा जिल्ला पर्सागढी नगरपालिकाको नवनिर्वाचित नेकपा एमालेका मेयर गोकर्ण पाठक चढने स्कापियो ना.१झ१६२९ को सरकारी गाडी शनिबार सार्वजनिक बिदाको दीन मकवानपुर को त्रीखण्डी नजिक झाडीले छोपेर राखेको अवस्थामाको भिडियो भाइरल ले तातेको छ।

पर्सागढी नगरपालिकाको जनताको करको पैसाको यहि हो सदुपयोग नगरपालिकाको जनताले राम्रो गरोस् भनेर भोट हालेर जीतायो नगरपालिकाको नाम रोशन गर्ला भनेको त नगरपालिकाको देशैभरी बेइज्जत गराउने यस्तो मेयर बाट के आश भन्दै पर्सागढीबासी ले आक्रोश व्यक्त गरी तत्काल निष्पक्ष छानबिन गरी कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग राखेको छन्।

यसै विच पर्सागढी नगरपालिकाको मेयर गोकर्ण पाठक ले 3/4 दिन अघि गाडी बिग्रेर मर्मत को लागी पढाइएको थियो र मैले एक्कासि सामाजिक सञ्जाल बाट थाहा पाए र अहिले म जनकपुर मा भएको हुँदा पर्सागढी नगरपालिका गएपछी सत्य तथ्य छानबिन गर्नेछु भन्नुभयो।

पर्सागढी नगरपालिकाको नि. प्रमुख प्रशासकिय अधिकृत भरत प्रसाद यादव लाई  सरकारी सम्पती को पालीका ले निगरानी गर्छ की गर्दैन भनेर प्रश्न राख्दा मेयर र उपमेयर चढ्ने गाडी उहाँ हरु आलोपालो चढ्ने हुदा उक्त विषय मा चासो राख्नी कुरा भएन तथापि यस घटना मा दोषी ले कुनै बहाना मा उन्मुख पाउन हुँदैन भन्नु भयो।

उक्त गाडीको चालक गोपाल चौधरी लाई मेयर,उपमेयर तथा प्रशासन मा जानकारी नगराई को को लाई लियर त्रिखण्डी जानुभयो भनी प्रश्न गर्दा गाडी मा समस्या आएकोले मर्मत को लागी लिएर गाको अब तपाई लाई सबैकुरा थाहा रहेछ जे गर्न सक्नु हुन्छ गर्नुस भनेर दभङ्ग शैली मा फोन काट्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *