जुवाको खालबाट नगद नौ लाखसहित १५ जना पक्राउ

धरान- बराहक्षेत्र नगरपालिका– ३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले रु.नौ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ । अभियुक्तहरूलाई महेन्द्रनस्थित इलाका प्रहरी कार्यलयमा राखेर अनुसन्धान थालिएको छ […]

Continue Reading

पोखरामा रास्वपाको आन्दोलनमा मिसिएका सहकारी पीडित भन्छन्, ‘हामीलाई रविले होइन, राज्यले ठगेको छ’

पोखरा । सहकारी पीडितलाई न्याय दे लेखिएको पम्प्लेट हातमा बोकेर पोखरामा गरिएको रवि लामिछाने पक्राउको विरोध प्रर्दशनको मध्यभागमा आन्दोलनरत छिन्, पोखराकी सहकारी पीडित अनुराधा श्रेष्ठ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी बचत अपचलन कसुरमा पक्राउ गरेर अनुसन्धान गर्न पोखरा ल्याएपछि उनका समर्थकहरू पोखरामा आन्दोलनरत छन् । राजनीतिक प्रतिसोध साँधेर सरकारले रवि लामिछानेलाई पक्राउ […]

Continue Reading

वीरगन्ज मा युवकको पेट भित्रबाट नीकालियो सीसाको बोतल

वीरगन्ज हेल्थकेयर हस्पिटलमा भर्ना भएका युवकको पेटभित्रबाट सीसाको बोतल निकालिएको छ । पेटमा सीसाको बोतल कसरी पस्यो भन्ने विषयमा आफूलाई केही जानकारी नरहेको युवकले बताएका छन ।

Continue Reading

बिहे गरेको ४० दिन डिभोर्स कारण पति गन्हाउने र बिरलै मात्र नुहाउने

बिहे गरेको ४० दिन पनि नपुगी एक जना महिला पतिसँग डिभोर्स गराइदिन माग गर्दै परिवार परामर्श केन्द्र पुगेकी छन्। महिनामा एक वा दुई पटक मात्रै नुहाउने गरेको भन्दै भारतको उत्तर प्रदेश आगराकी ती महिला स्थानीय परिवार परामर्श केन्द्रमा पुगेकी थिइन्। पति गन्हाउने गरेको, बिरलै मात्र नुहाउने गरेको र मैला हुँदा लुगा समेत नफेर्ने गरेको महिलाको […]

Continue Reading

कान्तीपुर मीडीयाको झुट को खेती, प्रहरी भन्छ- बयान सकिएको छैन, बाहिर आएजस्तो होइन

काठमाडौं । सहकारी ठगी आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्वडीआईजी छविलाल जोशीको बयान भनेर मिडियामा आएका कुरा हल्लामात्र भएको प्रहरीले बताएको छ । कास्की प्रहरीका एक अधिकारीले बयान प्रारम्भिक चरणमै रहेको बताए । तर, रविकै योजनामा सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याइएको भनेर बुधबार केही मिडियामा समाचार आएका छन् । मंगलबार साँझ रविले फेसबुक लाइभमा […]

Continue Reading

रा स्व पा पर्सा द्वारा जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण 

राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा ले आज  जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण पत्र बुझायको छ।   राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य डाक्टर नन्दन यादव तथा पर्सा जिल्लाको संयोजक हरि पन्तको प्रमुख नेतृत्वमा भएको उक्त कार्यक्रममा सयौं मात्रामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरु उपस्थिति थिए। संसदीय समितिद्वारा निकालिएको प्रतिवेदनमा सबैले बुझ्ने भाषामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि […]

Continue Reading

प्रमुख शाहसमक्ष ‘प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन’ : सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत परियारको विदाइ 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट सरुवा भएर जानुभएका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले आज प्रमुख बालेन्द्र शाह (बालेन) लाई ‘प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन’ बुझाउनुभएको छ । आफ्नो कार्यकाल ७ महिना २५ दिनमा भए गरेका महत्वपूर्ण कामको विवरण प्रतिवेदनमा समावेश गरिएका छन् । सरुवा भएर जाँदा आफूसँग भएका अभिलेख तथा संस्थागत सूचना र सम्पन्न कामको अभिलेखन […]

Continue Reading

सहकारीबाट आएको रकम रवि ले अपचलन गरेका थिएनन् भन्ने प्रष्ट

सहकारीबाट आएको रकम रवि आफैंले झ्वाम पारेका थिएनन् भन्ने प्रष्ट भयो । यो रकमको ठूलो हिस्सा कर्मचारीको तलबभत्तामा खर्च भएको छ । रविले पनि मासिक तलब पाउने गरी काम गरेका थिए । उनले तलब खाएको पैसा सहकारीकै हो । तर, सहकारीको पैसाबाट तलब खाएकै आधारमा रविले ‘हिनामिना गरेको’ ठहर्‍याइएको भए सो कम्पनीबाट तलब खाएका सबै […]

Continue Reading

सहकारी प्रकरणमा रवि दोषी छैनन्, समाचारमा आएका कुरामा सत्यता छैन: शिशिर खनाल

काठमाडौं- सहकारी ठगी सम्बन्धी संसदीय छानबिन विशेष समितिका सदस्य शिशिर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने सहकारी प्रकरणमा दोषि नरहेको बताएका छन्। सोमबार बिहान भएको बैठकपछि पत्रकारको जिज्ञाशामा रास्वपाका सांसदसमेत रहेका सदस्य खनालले यस्तो बताएका हुन्। ‘सहकारीबाट कुनै रकम ल्याएको या कुनैपनि सहकारीमा रवि सदस्य रहेको तथ्य पाइएन। उहाँको प्रत्यक्ष वा परेक्ष रुपमा सहभागी […]

Continue Reading

फेरी सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो

३० भदौ, चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट एउटा ट्रक त्रिशूली नदी किनारमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले दिएको जानकारी अनुसार ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको हो । ट्रक त्रिशूली नदीमा पुग्नबाट भने जोगिएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ […]

Continue Reading