आन्दोलन गर्न काठमाडौं आइरहेका शिक्षकहरुको गाडी सिन्धुलीमा दुर्घटना, १० शिक्षक घाइते

सबै

शिक्षकहरु चढेको गाडी शुक्रबार बिहान बीपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका ३ बोहोरेटार नजिक दुर्घटना भएको हो ।

प्रहरीका अनुसार मधेश प्रदेस ००१ ज ००६२ नं को इलेक्ट्रिक गाडी अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा राहत, करार र वालविकास शिक्षकहरु घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैलाइ धुलीखेल अस्पताल पठाइएको छ । घाइते हुनेहरु धेरैजसो कमलामाइ नगरपालिकाका रहेका छन् ।

घाइते हुनेमा कमलामाइ नगरपालिकाका निरकुमार चालिसे, कमला घिमिरे, सरोज थापा, मुकुन्द थापा, भुवन थापा, वविता देवकोटा, विष्णु ढकाल, निश्चल ढकाल, तीनपाटन गाउँपालिका १० का राजन कार्की, काभ्रे बनेपा १० की गार्की बस्नेत रहेको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।

चालक कमलामाइ नगरपालिका ८ का तेज बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *