
तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–घाँसीकुवा सडकखण्ड अवरुद्ध भएको छ । व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान ७:३० बजे ट्रक पल्टिँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ट्रक सडकको बीच भागमै पल्टिएको हो ।अहिले सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । उनले भने, ‘क्रेनको सहायताबाट ट्रकलाई हटाउन लागिएको छ । अब केही समयमै सडक दुईतर्फी सञ्चालन हुन्छ ।’


